जनता टाइम्स

१६ असार २०७६, सोमबार ११:०९

क्रुर छोरी ! पति हुँदाहुँदै अर्कैसँग प्रेम, चाल पाएपछि सुपारी दिएर आफ्नै आमाको हत्या


भक्तपुर, असार १६

भक्तपुरको चाँगुनारायण नगरपालिका ७ बाँसबारीमा आफ्नै छोरीले ६० बर्षीया आमाको हत्या गराएकोतथ्य खुलेको छ । आइतवार हत्या भएकी सावित्री भट्टराई हत्याकाण्डमा उनकै छोरी इश्वरी भट्टराई नै संलग्न रहेको तथ्य बाहिर आएको हो ।

आमा सावित्री भट्टराई इश्वरी र उनको पतिको घर भक्तपुरको सल्लाघारीमा बस्दै आउनुभएकोथियो । आमाले २३ वर्षिय इश्वरीको चार वर्षीय छोराको हेरविचार गर्नुहुथ्यो । सावित्रीको आइतबार दिउँसो भक्तपुर चाँगुनारायण नगरपालिकाको बाँसबारी स्थित आफ्नै घरमा हत्या भएको थियो ।

हत्याको अभियोगमा इश्वरीका अवैध प्रेमी मोहम्मदन नौसाद र उनका सहयोगी अर्जुन कुमार भन्ने भोला र मोहम्मद रहिसले गरेको प्रहरीले जनाएको छ । प्रहरीले इश्वरी सहित चारैजनालाई पक्राउ गरेर केही बेर अघि पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार मृतककी छोरी इश्वरीको सिरहा बिष्णुपुरका मोहम्मद नैैसादबीचको प्रेम सम्बन्धको बारेमा मृतक सावित्रीलाई जानकारी भएपछि बाहिरआउने डरले आफ्ना प्रेमीसँग सल्लाह गरी आमालाई मार्न १२ लाखको सुपारी दिने निधो गरी भारतबाट हत्यारा मोहम्मद रहिशलाई बोलाएर हत्या गरिएको हो ।