काठमाडौं, ११ पुस । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा कार्यरत स्टाफ नर्स निशा सुब्बाको निधन भएको छ । दुर्घटनामा गम्भीर घाइते हुनुभएको सुब्बाको उपचारका क्रममा हिजो बिहान निधन भएको हो । सुब्बाको पुस ३ गते स्कुटर दुर्घटना भएको थियो ।
अस्पतालमा ड्यूटी सकेर घर फर्कने क्रममा ललितपुरको इमाडोलमा उहाँ दुर्घटनामा पर्नुभएको थियो ।
लगत्तै उहाँलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो। अस्पतालको आइसीयूमा उपचाररत उहाँको शनिबार बिहान निधन भएको परिवारले जनाएको छ । झापा भद्रपुर घर भएको सुब्बा प्रसूति गृहको पोष्टअप वार्डमा कार्यरत हुनुहुन्थ्यो ।













प्रतिक्रिया दिनुहोस्