जनता टाइम्स

२६ पुष २०७८, सोमबार २२:१०

सुनसरी प्रेस चौतारी अध्यक्षमा पहिलो पटक महिला


सुनसरी, पुस २६ । प्रेस चौतरी सुनसरीको सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा सुभद्रा प्याकुरेल चयन हुनुभएको छ । आज सम्पन्न सातौं जिल्ला अधिवेशनले प्याकुरेललाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको हो ।

अधिवेशनले उपाध्यक्षमा विकास चाम्लीङ र विमला घिमिरे चयन गरेको छ । सचिवमा दिनेश गजमेर र सहसचिवमा केदार बस्नेत र वसन्त वान्तावा चयन हुनुएको छ । यस्तै, कोषाध्यक्षमा कृष्ण बहाब भट्टराई चयन हुनुभएको छ । अधिवेशनले २५ सदस्यीय कार्यसमिति र प्रदेश प्रतिनिधि समेत चयन गरेको छ ।

पत्रकारितामा लामो समय काम गरेकी प्याकुरेल यस अघि पत्रकार महासंङ्घ सुनसरीको उपाध्यक्ष भएर काम गरिसक्नु भएको छ । जिल्ला अधिवेशनबाट अध्यक्षमा चुनिएकी प्याकुरेल प्रेस चौतारी नेपालको सुनसरीमा जिल्ला अध्यक्ष हुने पहिलो महिला पत्रकार हुनुहुन्छ । सुनसरीमा पत्रकारहरुका अन्य संगठनहरु र पत्रकार महासंघले समेत अहिलेसम्म महिला नेतृत्व पाउन सकेको छैन।