जनता टाइम्स

१७ असार २०७६, मंगलवार १४:३७

पुर्वाधार विनाका योजना घोषणा र मनपरी नियुक्तिले सरकारप्रति जनतामा असन्तुष्टी बढ्यो : माधव नेपाल


काठमाडौं, असार १७

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार कुमार नेपालले सरकारका कामकारवाही अलोकप्रिय बन्दै गएको टिप्पणी गर्नुभएको छ । पूर्व सांसद मञ्च नेपालको १९ औ साधरण सभामा आज बोल्दै बरिष्ठ नेता नेपालले पुर्वाधार विनाका योजना घोषणा, मनपरि नियुक्ति र अवकासजस्ता क्रियाकलापले जनतामा असन्तुष्टी बढेको बताउनु भयो ।

न्युनतम पुर्वाधार विना नै विदेशी मुलुकको विकासको नक्कल गर्दा समस्या आएको नेता नेपालको भनाई छ । व्यवहारमा लागू गर्न नसक्ने सिद्धान्त सही सिद्धान्त नभएको उल्लेख गर्दै नेता नेपालले परिर्वतनको आवश्यकता औल्याउनु भयो । । नेतृत्वले आलोचना र टिप्पणीप्रति सकारात्मक हुनसक्नुपर्ने भनाई पनि नेता नेपालले राख्नुभयो ।

‘जे पनि व्यवहारबाट परीक्षण हुने हो,’ उनले भने, ‘व्यवहारले सही सावित गरेको सिद्धान्त जीवनदर्शन हुन्छ, व्यवहारले पुष्टि गर्न सकेन भने त्यो सिद्धान्तलाई परिमार्जन गर्नुपर्छ ।’