जनता टाइम्स

१ माघ २०७८, शनिबार २०:०५

सञ्चारकर्मी अधिकारीले ल्याए मायाले बोलेर गीतको म्युजिक भिडियो


मुगु, माघ १ । सञ्चारकर्मी प्रिया अधिकारीले नयाँ भिडियो गीत सार्वजनिक गर्नुभएको छ । सार्वजनिक भिडियोमा मायाले बोलेर बोलको गीतमा सञ्चारकर्मी अधिकारीले अभिनय गर्नुभएको हो । म्युजिक भिडियोमा जगिलाल थापा जेल संर्घषको शब्द, विमल शेर्पाली र सम्झना भण्डारीको स्वरमा उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

यसमा मुख्य अभिनयको भूमिका सञ्चारकर्मी प्रिया अधिकारी, संगम पौड्याल, दिनेश पन्थी र सुरेन्द्र न्यौपानेको रहेको छ । यस म्युजिक भिडियोको छायांकन विमल भट्टराई , मीन रानाले गरेका छन् भने सो गीत लाई मीन रानाले सम्पादन गर्नुभएको हो । गीतको माला श्री रेकडिंङ्ग स्टुडियोमा गरिएको अभिनय कर्ता प्रिया अधिकारीले बताउनु भयो ।

उहाँका अनुसार यो गीतको म्युजिक भिडियो मायाले बोलेर प्रिया अधिकारीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।