जनता टाइम्स

२ माघ २०७८, आईतवार ०८:११

फागुन १६ भित्र एनआरएनएको निर्वाचन गर्न उच्चस्तरीय समिति गठन


काठमाडौँ, २ माघ । गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आगामी फागुन १६ गते ९फेब्रुअरी २८० भित्र एनआरएनको निर्वाचन गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।एनआरएनको परिषद् सदस्यको विवाद लिएर निर्वाचन हुन नसकेपछि एनआरएनको ८१ औं केन्द्रीय बैठकले शनिबार संरक्षक शेष घलेको संयोजकत्वमा समिति बनाएको प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार समिति सदस्यहरुमा संस्थापक अध्यक्ष उपेन्द्र महतो, पूर्वअध्यक्षहरु जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, रामप्रताप थापा र अध्यक्ष कुमार पन्त हुनुहुन्छ ।

‘समितिलाई निस्पक्ष ढंगले संघको दसौं महाधिवेशन तथा आईसीसी निर्वाचनसम्बन्धी काम सम्पन्न गर्न जिम्मेवारी दिइएको छ’, प्रवक्ता क्षेत्रीले भन्नुभयो । समितिले महाधिवेशन प्रतिनिधिहरुको अन्तिम नामावली संघको विधान र नियमावलीअन्तर्गत रहेर २६ जनवरीसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्‌का अध्यक्षमार्फत निर्वाचन समितिलाई उपलब्ध गराउने छ ।समितिले आवश्यक ठानेमा कानुनी, आइटी लगायतका विशेषज्ञहरु रहेको स्वतन्त्र समितिहरु गठन गर्न सक्नेछ ।

एनआरएनको महाधिवेशन गत अक्टोबरमा नै तोकिएको थियो ।१० औं महाधिवेशनको लागि बद्री केसी, रविना थापा र कुल आर्चायले नेतृत्वको लागि दाबी गर्नुभएको छ ।