सप्तरी, ८ माघ । कोरोना संक्रमणका कारण सप्तरीमा थप एक जना पुरूषको शुक्रबार मृत्यु भएको छ । मृत्यु हुनेमा विष्णुपुर गाउँपालिका–७ का ६५ बर्षीय एक पुरूष रहेका छ्न् । विरामी परेपछि उहाँलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो । उहाँको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।
उपचारकै क्रममा शुक्रबार मृत्यु भएको विष्णुपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख सुनीलकुमार यादवले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘मृतकले कोरोनाको खोप दुबै डोज खोप लगाए पनि विभिन्न रोगबाट पीडित रहेका हुनुहुन्थ्यो ।’
यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिका–१ कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो । योसंगै कोरोनाको तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ ।













प्रतिक्रिया दिनुहोस्