जनता टाइम्स

१८ असार २०७६, बुधबार ११:५६

जनगुनासोसँग साक्षात्कार गर्दै सभामुख घर्ती


रुकुमपूर्व, असार १८

प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्ती एक सातादेखि गृहजिल्ला रुकुम(पूर्व)मा व्यस्त हुनुहुन्छ । सरकारको कामबाट जनता कति सन्तुष्ट छन् भनेर जिल्लाका विभिन्न ठाउँमा पुगेर जनगुनासो सुन्दै र समाधानको बाटो खोज्ने कार्यमा छलफल गर्दै हुनुहुन्छ । समृद्ध प्रदेश निर्माणका लागि प्रदेश नं ५ सरकारले विभिन्न काम गर्दै आएको बताउँदै उहाँले गाउँबाट केन्द्रसम्मका सत्तापक्ष र प्रतिपक्ष दुवै मिलेर जानुपर्ने बताउनुभयो ।

सभामुख घर्तीले भन्नुभयो, “दुवै पक्ष मिलेर गए मात्र सङ्घीतालाई सफल पार्न सकिन्छ”, प्रदेश नं ५ को एक मात्र हिमाली र भौगोलिक हिसाबले विकट जिल्ला रुुकम (पूर्व) मा विकासका ढोका खुलिरहेको बताउँदै जनताका गुनासालाई स्थानीय, प्रदेश हुँदै सङ्घ सरकारले पूरा गर्दै जाने बताउनुभयो । हिमाली तथा पहाडी इलाका रहेको जिल्ला रुुकम९पूर्व०मा प्रदेश सरकारले विशेषगरी कृषि, पर्यटन, पशुपालन, शिक्षा, स्वास्थ्यलगायतका क्षेत्रमा बढी जोड दिएको पनि उहाँले जानकारी दिनुभयो ।