जनता टाइम्स

१८ असार २०७६, बुधबार १६:२७

सत्तारुढ नेकपा प्रवेश गर्दै सांसद मनाङे


पोखरा, असार १८

गण्डकी प्रदेश सभामा स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गर्ने हुनुभएको छ । नेकपा प्रवेशका लागि बिहीबारको कार्यक्रम तय भएको गुरुङका स्वविय सचिव जगदीश योगीले जानकारी दिनुभयो । स्वतन्त्र उम्मेदवारी दिनुभएका गुरुङ मनाङ ‘ख’बाट निर्वाचित हुनुभएको थियो ।

ज्यान मार्ने उद्योग सम्बन्धी पुरानो मुद्दाकै क्रममा पक्राउ परेपछि उहाँले सपथ लिन पाउनुभएको थिएन । अदालतको आदेशमा रिहा भएपछि २०७५ माघ १४ गते प्रदेश सभा सदस्यको सपथ लिनुभएको थियो । पुस ६ गते जेलमुक्त भएपछि १२ गते उहाँले सपथ लिन पाऊँ भनी गण्डकी प्रदेश सभामा निवेदन र निर्वाचन आयोगबाट दिइएको विजय उम्मेदवारको प्रमाणपत्र पेस समेत गर्नुभएको थियो । महिना दिनपछि सभामुख नेत्रनाथ अधिकारीले उहाँलाई सपथ खुवाउनुभएको थियो ।