जनता टाइम्स

१७ माघ २०७८, सोमबार २०:१६

नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा शाह नियुक्त


काठमाडौं, माघ १७ । नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा समीरजंग शाहलाई नियुक्त हुनुभएको छ । आज बसेको मन्त्रिपरिषद्‌ बैठकले शाहलाई नेपाल टेलिभिजनको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

रेडियो नेपालमा कार्यरत शाह नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष हुनुहुन्छ । नेपाली पत्रकार जगतमा शाह मिलनसार नेताका रुपमा समेत परिचित हुनुहुन्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार गठनसँगै केपी शर्मा ओली नेतृत्वको अघिल्लो सरकारले नियुक्त गरेका नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष डा. महेन्द्र बिष्टले राजीनामा दिएसँगै नेपाल टेलिभिजनमा कार्यकारीअध्यक्ष रिक्त रहेको थियो ।