जनता टाइम्स

१९ असार २०७६, बिहीबार ०९:०६

प्रदेश सांसद राजीव गुरुङ नेकपा प्रवेश


पोखरा, असार १९

गण्डकी प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) नेकपा प्रवेश गरेका छन् । पोखरामा आज विहान आयोजित एक समारोहका विच गण्डकी प्रदेशका मुख्यमन्त्री एंव नेकपाका नेता पृथ्वीसुब्बा गुरुङले उहालाई पार्टी प्रवेश गराउनु भएको हो ।

गुरुङसँगै नेत्रविक्रम चन्द विप्लव समूहका कास्की संयोजक पुष्प कार्की पनि नेकपा प्रवेश गर्नुभएको छ । टीका लगाइदिएर उहाहरुलाई पार्टीमा स्वागत गर्दै मुख्यमन्त्री गुरूङले मनाङ्गेलाई नेकपाको विधान पनि हस्तान्तरण गर्नुभयो ।
मनाङेले मनाङबाट प्रदेशसभामा स्वतन्त्र उम्मेदवारी दिनु भएको थियो । तर फौजदारी मुद्दामा उच्च अदालत पाटनबाट दोषी ठहर भएपछि उनले सपथ लिन पाएका थिएनन् । उक्त मुद्दामा सर्वोच्चमा पुनरावेदन गरेका उहालाई सर्वोच्च अदालतले थुनामा नबसी मुद्दा लड्न सक्ने गरी बाटो खोेलिदिएको थियो । त्यसपछि मनाङेले प्रदेश सांसदको रुपमा सपथ लिनु भएको थियो ।