जनता टाइम्स

१९ असार २०७६, बिहीबार १०:४७

कलंकी–महाराजगञ्ज चक्रपथको डीपीआर अन्तिम चरणमा : बन्ने भयो आकर्षक हरियाली सडक


काठमाडौं, आसार १९

कलंकी–कोटेश्वर खण्डको काम सम्पन्न भएलगत्तै चीनले कलंकी देखि महाराजगञ्जसम्मको ८.२ किलोमिटर चक्रपथ विस्तारको काम अघि बढाउँन लागेको छ । ६ अर्ब लागत अनुमान गरिएको सडक खण्डको निर्माणका लागि ३ वर्ष लाग्ने अनुमान गरिएको छ ।

चीन सरकारको शतप्रतिशत अनुदानमा निर्माण हुने सडकको कलंकी–महाराजगञ्ज खण्ड डीपीआर निर्माण अन्तिम चरणमा पुगेको छ ।

सडक खण्ड तीनतिर हरियाली हुने गरी विस्तार हुने बताइएको छ । सडकका दुबै किनारमा वृक्षारोपण गरि हरियाली बनाईनेछ भने बीच भागमा पनि मेडन राखेर विरुवा रोपिनेछ ।

८ लेनको सडकमा आकाशे पुल, सोलार लाइट, ट्राफिक लाइट, फुटपाथ लगायतको व्यवस्था पनि गरिने बताइएको छ ।