जनता टाइम्स

१९ असार २०७६, बिहीबार १३:३५

अर्घाखाँची जीप दुर्घटनामा दुई जनाको मृत्यु, ९ जना घाइते


अघाँखाँची, असार १९

अर्घाखाँचीको खाँचीखोलमा जीप दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार सन्धिखर्क नगरपालिका वडा नम्बर ७ खाँचीखोलामा आज बिहान जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा चालक भूमिकास्थान नगरपालिका ३, धारापानीका जीप धनी सुमन्त भुसाल र अन्य एक जना रहेका छन ।

कपिलवस्तु जिल्लाको कृष्णनगरबाट अर्घाखाँचीको सन्धिर्खकका लागि छुटेको लु १ ज १३२९ नम्बरको जीप दुर्घटना भएर दुई जनाको घटनस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक प्रकाश विष्टले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ५ जना गम्भीर घाईते भएको र ४ जना सामन्य घाईते रहेका छन् । घाईते सबैको ठाडा प्राथमिकता स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।