जनता टाइम्स

१९ असार २०७६, बिहीबार २१:०२

सिरहामा नासुमाथी अज्ञात समुहद्वारा गोली प्रहार


सिरहा, असार १९

सिरहामा नाम नखुलेको समुहको गोली प्रहारबाट नायव सुब्बा घाइते भएका छन् । लक्ष्मीपुर पटारी गाउपालिकाका नासु चण्डेश्वर यादवमाथी गोली प्रहार गरेका हुन् ।

नम्वर खुल्न नसकेको मोटरसाइकलमा आएका उनिहरुले यादवमाथी गोली प्रहार गरेको प्रहरीले जानकारी दिएको छ । कार्यालयबाट घर फर्किदै गरेका उनलाई बाटोमा गोली प्रहार गरेका थिए । कुन समुह र कसले गोली चलाएको खुल्न नसकेको सिरहा प्रहरीले जानकारी दिएको छ । यादवको अहिले लहान अस्पतालमा उपचार भईरहेको छ । प्रहरीले गोली प्रहार गर्नेको खोजी जारी रहेको बताएको छ ।