काठमाडौं, फागुन ६ । प्रवासी नेपाली मञ्च कतारले दोहाको सनैया स्थित लाली गुराँस होटलमा आयोजना गरेको एक कार्यक्रममा ठुलो संख्या विभिन्न संघ संगठनमा रहेका ब्यक्तिहरु नेकपा एमालेमा प्रवेश गरेका छन ।
चानक पोखरेलको अध्यक्षतामा गरिएको संगठन प्रवेश कार्यक्रममा नेपाली समाज दोहाका प्रभुत्व व्यक्तित्वहरूले आफ्नो विचार परिवर्तन गर्दै नेकपा एमाले प्रवेश गर्नू भएको हो । पार्टी प्रवेश गर्नेहरूमा जन प्रगतिशील कतारका वर्तमान सचिव प्रनेश, जसपा नेपाली समाज कतारका पूर्व उपाध्यक्ष कमरेड गफुर अहमद खान, त्यसै गरि दलित सञ्जाल कतारका अध्यक्ष किरण परियार, जनप्रगतिशील कतारका पूर्व उपाध्यक्ष शोभित बहादुर विश्वकर्मा , हेमराज अधिकारीहरूले पहिले आफुहरू गलत राजनैतिक धारमा हिँडेको महसुस भएको बताउनुभयो ।
उहाँहरुले समाज परिवर्तन गर्न सक्ने सक्षम पार्टी अहिलेको परिवेशमा नेकपा एमाले मात्र नेपाली समाजमा भएको हुँदा यो पार्टीका सिद्धान्तलाई अङ्गाल्दै नेकपा एमाले पार्टीलाई सफल बनाउनको निम्ति , समाज रूपान्तरणको निम्ति पार्टी प्रवेश गरेको बताउनुभयो। सबै नव पार्टी प्रवेशी हरूलाई अध्यक्ष पोखरेलले खादा ओढाइ अविरको टीका लगाई पार्टीमा स्वागत गर्नु भएको थियो।
पार्टी प्रवेशीहरूको नामावली
सेख साहानावाज परवेज,
आशिक हुसैन सेख,
सोबित बहादुर बि के,
हेमराज बुढाथोकी,
अफ्ताब आलम अन्सारी,
मोहम्मद जावेद हुसैन,
किरण परियार,,
गफुर अहमद
प्रतिक्रिया दिनुहोस्