जनता टाइम्स

२० असार २०७६, शुक्रबार १३:२५

व्यक्तिगत भन्दा देश र जनताको स्वार्थ ख्याल गर्न प्रधानमन्त्री ओलीको निर्देशन


काठमाडौं, असार २०

प्रधानमन्त्री एंव नेकपाका अध्यक्ष केपी शर्मा ओलीले नेकपा फुटाउने सपना नदेख्न आग्रह गर्नुभएको छ । उहाले पार्टीमा विभाजन ल्याउन केही शक्ति सक्रिय रहेको भन्दै देश बनाउन एकजुट भएको पार्टी नफुटने उद्घोष गर्नुभयो ।

समाजवादी पार्टीका सचिवालय सदस्यद्वय देवेन्द्र पराजुली र कल्पना धमलालाई पार्टीमा स्वागत गर्दै उहाले देश बनाउने महान अभियानमा एकजुट भएर जुट्न सबैलाई आव्हान गर्नुभयो । नेकपा फुटोस भनेर एक थरीले कामना गर्ने गर्ने गरेको बताउदै उहाले भन्नुभयो, ‘पार्टी फुटको अर्थहिन कामना गर्ने छुट छ । कसैले चाँहदैमा पार्टी फुट्दैन् ।’

उहाले नेता कार्यकर्तालाई एकजुट भएर देश निर्माणमा लाग्न समेत निर्देशन दिनुभयो । ‘नेकपा एकतावद्ध छ, एकजुट छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो,‘जहा ध्यान देशमा हुन्छ, जनतामा हुन्छ। त्यहा सानातिना कुराले महत्व राख्दैन ।’ उहाले देश बनाउने अभियानमा लाग्दा व्यक्तिगत स्वार्थ त्याग्नुपर्ने पनि बताउनु भयो ।

‘कहिले काही व्यक्ति व्यक्तिका विचमा चिसोपना हुनसक्छ तर त्यसमा ध्यान दिनुहुदैन । देशमा ध्यान दिनुपर्छ । कहिलेकाही के पुगेन के भएन जस्तो पनि लाग्न सक्छ । तर देशको स्वार्थका लागि देश जित्नका लागि यस्ता कुराहरु रहनुहुन्न’, प्रधानमन्त्री ओलीको भनाई थियो । उहाले देशलाई विकास हुन नदिन पनि केही शक्ति विरोधमा लागिरहेको उल्लेख गर्नुभयो ।