जनता टाइम्स

२१ असार २०७६, शनिबार १६:४८

भक्तपुरलाई केन्द्रविन्दु बनाएर भुकम्पको धक्का


काठमाडौं, असार २१

उपत्यकामा शनिबार अपरान्ह भूकम्पको धक्का महशुस गरिएको छ । अपरान्ह ४ बजेर १५ मिनेटमा भूकम्प गएको राष्ट्रिय भुकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।

भक्तपुरको दूधपाटीलाई केन्द्रबिन्दु बनाएर ४.६ रेक्टर स्केलको भूकम्प गएको खानी तथा भूगर्भ विभागका महानिर्देशक सोमप्रसाद सापकोटाले जानकारी दिनु भएको छ । उपत्यकाका केही ठाउमा पानी परिरहेका बेला भुकम्प आएपछि मानिसहरु त्रासले घर बाहिर निस्किएका थिए । २०७२ सालमा गोरखाको बारपाक केन्द्र बनाएर शक्तिशाली भूकम्प गएपछि परकम्पहरु आइराखेका छन ।