जनता टाइम्स

२१ असार २०७६, शनिबार १७:५५

तरकारीको विषादी परिक्षण रोकेकोमा सत्तारुढ दलकै नेता भीम रावलको आपत्ति


काठमाडौं, असार २१

सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीका नेता भीम रावलले भारतको दबावपछि तरकारी र फलफूलमा विषादी परीक्षण रोकिएको विषयमा आपत्ति जनाउनु भएको छ । उहाले सर्वभौम सरकारी अधिकार प्रयोग गर्न सरकार चुकेको आरोप लगाउनु भएको छ ।

्शनिबार बसेको नेकपा संसदीय दलको बैठकपछि संचारकर्मीसँग कुराकानी गर्दै नेता रावलले सरकारको कदमप्रति आपत्ति जनाउदै सो व्यवस्था पुन कायम हुनुपर्ने बताउनु भयो । विश्‍व व्यापार संगठनमा गरिएको सम्झौताअनुसार नै कुनै पनि देशले तरकारी वा वनस्पती आयात गर्ने क्रममा निश्‍चितम पदण्ड तोक्न पाउने व्यवस्था गरिएको विषय रावलले स्मरण गराउनु भयो ।

‘आयातित सामग्री कस्तो छ भनेर चेक गर्छुभन्दा नगर्ने भन्ने अनि कसैले नगर भन्दैमा निर्णय फिर्ता लिने’ रावलले भन्नुभयो, ‘यो सार्वभौम देशको अधिकार भित्रको रक्षा सरकारले गर्नु पर्छ।’