जनता टाइम्स

१९ फाल्गुन २०७८, बिहीबार १२:५८

प्रवासी नेपाली मन्च क्यालिफोर्नियाको अधिवेशन सम्पन्न, अध्यक्षमा गुरुङ (नामसहित )


काठमाडौं, १९ फागुन । अमेरिका/प्रवासी नेपाली मञ्च अमेरिकाको तेस्रो अधिवेशनको तयारी हुदैछ ।यसै क्रममा विभिन्न्न राज्य कमिटीहरुको गठन भैरहेको सन्दर्भमा आज क्यालिफोर्निया राज्य कमिटिको नयां कार्यसमिति चयन गरिएको छ। क्यालिफोर्नियामा सम्पन्न अधिवेशनले कृष्ण गुरुङको अध्यक्षतामा अहिले १५ सदस्य सहितको निर्विरोध नयां नेतृत्व निर्वाचित गरेको छ ।

कार्यक्रमका सभापति एंव निवर्तमान अध्यक्ष विजय कुमार कटुवालले नयां नेतृत्वलाई पद हस्तान्तरण गर्नुभएको थियो।निर्वाचित कमिटीलाई प्रवासी मञ्च अमेरिकाका आर्थिक विभाग प्रमुख राजेन्द्र शिवाकोटीले पद तथा गोपनियताको सपथ गराउनु भएको थियो र नयां नेतृत्वलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्ने क्रममा समाजसेवी वलराम थापा र विनोद भेटवाल लगायत अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

प्रवासी नेपाली मञ्च – क्यालिफोर्निया राज्य कमिटी

१.अध्यक्ष– कृष्ण गुरुङ
२.उपाध्यक्ष– रामहरि भट्टराई
३.सचिव– कपिल फुयांल
४.कोषाध्यक्ष– चिरन्जिवि गौतम
५.सदस्य– गोविन्द अधिकारी
६. सदस्य–गोकर्ण कटुवाल
७. सदस्य– मनोज श्रेष्ठ
८. सदस्य– नवराज कार्की
९. सदस्य– प्रभाकर प्याकुरेल
१०. सदस्य– राजु श्रेष्ठ
११. सदस्य– विनोद कार्की
१२. सदस्य– ध्रुव सुनुवार
१३. सदस्य–हेमराज राई
१४. सदस्य्– कुल चलाने
१५. सदस्य– ईन्द्र गुरुङ