जनता टाइम्स

२४ फाल्गुन २०७८, मंगलवार १५:५१

एनआरएनए अध्यक्षमा रविना थापाको उम्मेदवारी दर्ता


लन्डन, २४ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को १०औं महाधिवेशनका लागि अध्यक्ष पदमा वर्तमान उपाध्यक्ष रविना थापाले उम्मेदवारी दर्ता गराएकी छन् । आज बिहान संघको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर उनले निर्वाचन समितिमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

यसअघि उहाँले आफ्नो उम्मेदवारी घोषणा गर्दै अहिले एनआरएनमा एक लाख पाँच हजारमात्र सदस्य रहेको बताउँदै उहाँले आफू अध्यक्षमा निर्वाचित भए सदस्य संख्या १५ लाखसम्म पुर्याउने लक्ष्य रहेको बताउनुभयो । उहाँले नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउनेसमेत सुनाउनुभयो ।

विदेशमा हासिल गरेको सीपलाई व्यावसायिकीकरण गर्ने योजनासमेत आफूसँग रहेको उहाँले बताउनुभयो । विदेशबाट एकजना नेपालीले सिकेर आएको सीपलाई यहाँ आएर अन्यलाई तालिम दिएर धेरैजनालाई सीपयुक्त बनाउन सकिने उहाँको भनाइ छ ।

यसैबीच संघको निर्वाचन समितिले २१ र २२ मार्च हुने भनिएको निर्वाचन तालिका हेरफेर गर्दै मार्च २४ र २५ तारिख हुने जनाएको छ । संघको ५१ पदाधिकारीको लागि सोमबारदेखि सुरु भएको उम्मेदवारी दर्ता ११ मार्चसम्म जारी रहने निर्वाचन समितिले जनाएको छ । आजसम्म करिब डेढ दर्जन पदाधिकारी उम्मेदवारी दर्ता गराएका छन् ।