जनता टाइम्स

२२ असार २०७६, आईतवार २२:०२

ऋण दिने बहानामा बलात्कार, नेपाल बंगलादेश बैंकका शाखा प्रमुख पक्राउ


बिराटनगर, असार २२

विराटनगरमा एक महिलालाई बलात्कार गरेको आरोपमा धनपालथान गाउँपालिका ४ स्थित नेपाल बंगलादेश बैंक शाखा कार्यालयका प्रबन्धक पक्राउ परेका छन् । बलात्कृत महिलाको उजुरीको आधारमा झापाको बुधबारे घर भएका ४५ वर्षीय अमित बाँस्तोलालाई जिल्ला प्रहरी मोरङले पक्राउ गरेको हो ।

पीडितको उजुरीपछि बाँस्तोलालाई रंगेली ७ बाट पक्राउ गरिएको थियो । मोरङका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानबाट शाखा प्रबन्धक बाँस्तोलाले चार लाख रुपैयाँ ऋण उपलब्ध गराइदिने बहानामा महिलालाई बलात्कार गरेको तथ्य खुलेको छ ।

बाँस्तोलालाई जिल्ला अदालत मोरङमा जबर्जस्ती करणी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।