पोखरा, २७ फागुन । प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । पोखरामा शनिबारसम्म चल्ने महाधिवेशनको पूर्वसन्ध्यामा हिजो सचिवालय बैठक, केन्द्रीय सदस्य दर्ता र केन्द्रीय कमिटी बैठक बसेको थियो । आज ८ बजे प्रतिनिधि दर्ताको कार्यक्रम रहेको छ भने बिहान ११ बजे महाधिवेशनको उद्घाटन हुनेछ ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रेस चौतारी नेपालको उद्घाटन गर्नुहुनेछ । दिउँसो ३ बजेबाट बन्दसत्र प्रारम्भ हुने प्रेस चौतारी नेपालले जनाएको छ । २०५५ साल मंसिरमा स्थापना भएको प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन पोखरामा हुन लागेको हो । महाधिवेशनमा देशभरका झण्डै १ हजार २ सय पत्रकारको सहभागीता रहने आयोजकको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्