जनता टाइम्स

२३ असार २०७६, सोमबार ०८:४४

बाढी तथा डुवानबाट जोगिन तथा क्षती न्यनीकरण गर्न पूर्व अभ्यास


शुभ नारायण कामती

सिरहा, असार २३

सिरहामा बाढी र डुवानबाट जोगिनको लागि पुर्व तयारी अभ्यास गरिएको छ । प्रत्येक वर्ष वर्षायाममा सिरहामा बाढिको प्रकोपले ठूलो धनजनको क्षति हुँदै आएकाले यस वर्ष पनि वर्षाको शुरुवातसंगै सिरहामा बाढिको पुर्व तयारी अभ्यास गरिएको हो ।

बाढि पुर्व तयारी अनुसार नै आइतबार सिरहामा खोज तथा उद्धारका लागि रबरबोट तथा रेक्सक्यू का अन्य समानहरु को प्रयोगात्मक अभ्यास गरिएको छ । सशस्त्र प्रहरी बलका डिएसपी योगेश दहाल, नेपाली सेनाका क्याप्टेन अमृत गिरी तथा नेपाल रेडक्रस सोसाइटी सिरहा शाखाका सभापति राजदेव यादव लगायत सुरक्षाकर्मी, संचारकर्मीको उपस्थितिमा सिरहा नगरपालिका कार्यालयको अगाडी रहेको हटिया पोखरीमा प्रयोगात्मक अभ्यास गरिएको सशस्त्र प्रहरी बल सिमा सुरक्षा पोष्ट माडरका सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र बहादुर शाहीले बताएकाछन् ।