जनता टाइम्स

२३ असार २०७६, सोमबार ०९:०५

नेकपाको राजनीतिक प्रतिवेदन विवाद अन्त्य, आजै छाप्न पठाइने


काठमाडौं , असार २३ । पार्टी एकताको एक वर्षपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशन हुने भएको छ ।

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सहमति भएसँगै राजनीतिक प्रतिवेदन प्रकाशन हुने भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार अध्यक्षद्वय ओली र दाहालबीच भएको छलफलमा सहमति भएपछि राजनीतिक प्रतिवेदन प्रकाशन हुने भएको हो ।

सत्तारुढ दल नेकपाको कार्य्दिशा विवादले एकताको बाँकी काम टुंगो लगाउन अनिश्चित बन्नुका साथै प्रतिवेदन प्रकाशनमा ढिलाई भएको थियो । राजनीतिक प्रतिवेदन पार्टीको सचिवालय र स्थायी कमिटीले पारित गरे पनि कार्य्दिशा विषयमा विवाद हुँदै आएको थियो ।