जनता टाइम्स

२४ असार २०७६, मंगलवार ०९:५५

मन्त्रिपरिषद् बैठकको बिचैमा निस्किए मन्त्री यादव


काठमाडौं, असार २४

मन्त्रिपरिषद्को बैठक चलिरहेका बेला उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादव निस्कनु भएको छ । सिंहदरबारमा बैठक जारी रहेका बेला मन्त्री यादव बाहिरिनु भएको हो ।

उहाले प्रतिनिधिसभा बैठकमा जवाफ दिनुपर्ने भएकाले त्यसैको तयारीका लागि आफु चाडै बाहिरिएको जानकारी दिनुभयो । भारतबाट आयात हुने तरकारीको विषादी परीक्षणका बारेमा कृषि मन्त्री र आपूर्तिमन्त्रीका कुरा बाझिए रहेका बेला मन्त्रिपरिषद् बैठक बसेको हो ।