जनता टाइम्स

२४ असार २०७६, मंगलवार १७:३१

अर्काे दुःखद खवर : एउटै डोरीमा झुण्डिएर दाजु–बहिनीले गरे आत्माहत्या


दार्चुला, असार २४

दार्चुलामा एउटै डोरीमा झुण्डिएर दाजुबहिनीले आत्महत्या गरेका छन् । शैल्य शिखर नरपालिका वडा नम्बर ५ बगौरा निवासी महादेव डागा र मनिसा डागाले सोमबार राती एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका हुन ।

प्रहरीले अहिलेसम्म आत्महत्याको कारण खुल्न नसकेको बताएको छ । उनीहरु महाकाली नगरपालिका वडा नम्बर ४ खलंगा बजारमा रहेको विष्ट वियर बारमा डेरा गरी बस्दै आएका थिए । पंखामा डोरी लगाइ झुण्डिएको अवस्थामा आज बिहान दुवै जनाको शव फेला परेको हो ।

अन्दाजी २८ वर्षका महादेव र अन्दाजी २२ वर्षकी मनिसा नातामा दाजु बहिनी हुन । मनिसाको विवाह भइसकेको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।