जनता टाइम्स

२५ असार २०७६, बुधबार ०८:४७

ओखलढुंगा बस दुर्घटना : तीन जनाको मृत्यु, २७ बढीयात्रु घाइते


ओखलढुंगा, असार २५ । ओखलढुंगामा आज भएको बस दुर्घटना तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परी १७ जनाभन्दा बढी घाइते भएका छन् ।

प्रहरीका अनुसार ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ डढुवामा १८९१ नम्बरको बस दुर्घटना भएको हो । काँकरभिट्टाबाट सोलुखुम्बु आउँदै गरेको बस सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनाका गम्भीर घाइते तीन जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाईएको छ । अन्य घाइतेको उदयपुरका अस्पतालमा उपचार भइरहेका छन् ।