जनता टाइम्स

२५ असार २०७६, बुधबार ०९:५५

भोजपुरमा प्रहरीमाथी विप्लव समुहको आक्रमण : एक प्रहरीको मृत्यु


भोजपुर, असार २५

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समुह सुरक्षाकर्मीमाथी आक्रमणमा उत्रिएको छ । अहिलेसम्म सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण गर्ने योजना नभएको बताईरहेको सो समुहले भोजपुरमा प्रहरीमाथी आक्रमण गरेको हो ।

विप्लवका कार्यकर्ताले हानेको गोली लागेर एक जना प्रहरीको मृत्यु भएको छ। भोजपुर बजारमा ड्युटिमा रहेका प्रहरीमाथि आक्रमण गर्दा प्रहरी जवान सन्जिव राइको गोली लागेको मृत्यु भएको हो । त्यस्तै प्रहरी प्रतिकारमा उत्रदा विप्लव नेकपाका एक कार्यकर्ताको पनि ज्यान गएको छ। मृत्यु हुनेमा विप्लव नेकपाका ओखलढुंगा इन्चार्ज रहेको खुल्न आएको छ। प्रहरीले उनको साथबाट पेस्तोलसमेत बरामद गरेको छ। घटनाको विस्तृत विवरण आउन बाँकी छ ।