जनता टाइम्स

२५ असार २०७६, बुधबार १०:३७

गगन थापाबारे अमेरिकी प्रतिवेदनको सनसनी खुलासा – सूचना दिने मुख्य सम्पर्क सुत्र (प्रतिवेदनसहित)


काठमाडौं, असार २५

प्रधानमन्त्री केपी शर्मा ओली तथा सत्तारुढ नेकपाको राष्ट्रवादमा भ्वाङ परेको बताउने नेपाली कांग्रेसका सेलिब्रेटी नेता गगन थापाले अमेरिकी दूतावासमा नेपाल सम्वन्धि सुचना दिने गरेको खुलेको छ । थापालाई अमेरिकाको एउटा पुरानो प्रतिवेदनले नाम नै किटान गरेर नेपालको मुख्य सम्पर्क सुत्र बनाएको खुलाएको हो ।

सन् २००८ मा ‘Nepal: Countdown continue: 38 Days till CA Elections’ शिर्षकमा तयार पारिएको प्रतिवेदनमा गगन थापालाई ‘Key Embassy Contact’ भनिएको छ । यो प्रतिवेदन अमेरिकी दूताबासका तत्कालिन डिपुटी चिफ अफ मिसन ¥याण्डी बेरीले तयार पारेका हुन् । संयोगले उहा अहिले नेपालका लागि अमेरिकी राजदूतका रुपमा जिम्मेवारी सम्हालिरहनु भएको छ । यो प्रतिवेदन त्यति बेलाको हो, जतिबेला नेपालमा पहिलो संविधान सभाको निर्वाचन भईरहेको थियो । त्यस बेला तत्कालिन नेकपा माओवादीको केन्द्र वरिपरि राजनीति घुमिरहेको थियो । सो समयमा नेपालका महत्वपूर्ण सूचना लिन अमेरिकी दूतावासले गगन थापाको सहयोग लिएको प्रतिवेदनमा उल्लेख छ ।

थापालाई नेपाली कांग्रेसको मूख्य सम्पर्क सुत्रका रुपमा प्रयोग गरेर नेपालमा पहिलो संविधानसभाको निर्वाचन हुनुभन्दा पहिला तयार पारिएको प्रतिवेदनमा नेपाली कांग्रेसले राम्रो नतिजा ल्याउन नसक्ने उल्लेख गरिएको छ । तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बूढो र कमजोर भएकाले चुनावी सभालाई सम्बोधन गर्न नसक्ने र विद्यार्थी संगठनको पनि पार्टीप्रति मोहभंग भएकाले कांग्रेसले राम्रो नतिजा ल्याउन नसक्ने बताएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन अनुसार कांग्रेसले चुनाव टार्न हतकण्डा अपनाउन सक्ने उल्लेख गरिएको छ । आफु कमजोर हुन सक्ने अवस्था देखेपछि कांग्रेसले संविधान सभाको निर्वाचन टार्न विभिन्न हतकण्डा अपनाउन सक्ने उल्लेख गरिएको छ । यद्यपी थापाले मधेशी जनअधिकार फोरमले समानुपातिक चुनावको लागि सूची दर्ता गराइ सकेपछि भने चुनाव टार्न त्यत्ति सजिलो नभएको उल्लेख गरिएको छ । नेता थापाले नेपाली कांग्रेसले मधेशीलाई धेरै नै अधिकार दिएको भनेर तराईमा रहेका पहाडीमूलका मानिस असन्तुष्ट रहेकोले उनीहरुले नेकपा एमालेलाई भोट दिन सक्ने सूचना पनि दिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

यस्तो छ अमेरिकी प्रतिवेदन