गुल्मी, चैत २५ । स्थानीय तह निर्वाचनको लागि गुल्मी जिल्लाको मुसिकोट नगरपालिकामा नेकपा एमालले जीवन खरेललाई नगर प्रमुखको उम्मेदवार बनाउने भएको छ ।
नेकपा एमाले मुसिकोट नगरकमिटी अध्यक्ष प्रकाश काफ्लेका अनुसार बिहिबार वामीटक्सारमा बसेको नेकपा एमाले मुसिकोट नगर कमिटीको बैठकले सर्वसम्मत रुपमा खरेललाई नगरप्रमुखको उम्मेदवार बनाउने सिफारिस गरेको हो ।
खरेल नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मुसिकोट नगरपालिका इन्चार्जसमेत हुनुहुन्छ । उपप्रमुखमा भने धेरै आकांक्षी भएपछि तीन जनाको नाम सिफारिस गरिएको छ ।
उपप्रमुखमा कमला शर्मा, सिता भुसाल, गंगा श्रेष्ठको दावी गर्नुभएको छ । यस नगरपालिकामा अन्य पार्टीले भने उम्मेदवार छनोट गरेका छैनन् । मुसिकोट नगरपालिकामा २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालले अध्यक्ष र उपाध्यक्ष जीतेको थियो ।













प्रतिक्रिया दिनुहोस्