रामेछाप, चैत २७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी २०७९ बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रामेछाप नगरपालिका विजयको लय पक्रिएको छ । सत्तारुढ गठबन्धन उम्मेदवार चयनमा चरम विवादमा फसिरहेका बेला सर्वसम्मत उम्मेदवार चयन गर्दै एमालेले विजयको लय पक्रिएको हो ।
नेकपा एमालेको तर्फवाट रामेछाप नगरपालिकाको मेयर पदका लागि रोशन पाख्रिन र उपमेयर पदका लागि सीता कुमारी केसीको नाम सर्वसम्मत रुपमा चयन गरेको हो ।
रामेछापमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत गठबन्धन भित्र उम्मेदवार बनाउँन नै ठूलो विवाद छ । एमालेले भने चरम विवादभित्र फाइदा लिँदै सर्वसम्मत उम्मेद्वारसहित चुनावी रणनीति बनाएर चुनावी प्रचार सुरु गरिसकेको छ ।













प्रतिक्रिया दिनुहोस्