जनता टाइम्स

२८ चैत्र २०७८, सोमबार १३:४४

दोस्रो हारसँगै नेपाल प्रतियोगिताबाटै बाहिरियो


काठमाडौं, २८ चैत । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल सोमबार ताजकिस्तानसँग ११–१ गोल अन्तरले पराजित भएको छ । कीर्गिस्तानको बिस्केकमा ताजकिस्तानसँग पराजित भएसँगै नेपाल प्रतियोगिताबाट एक खेलअघि नै बाहिरिएको हो । समुह ‘बी’ मा रहेको नेपालको दुई खेलबाट कुनै अंक छैन । नेपाल चौथो स्थानमा छ ।

शीर्ष स्थानको ताजकिस्तानको चार अंक छ भने दोस्रो स्थानको उज्वेकिस्तनको तीन अंक छ ।

तेस्रो स्थानको अफगानिस्तानको एक अंक छ । ताजकिस्तानले आइतबार पहिलो खेलमा अफगानिस्तानसँग बराबरी खेलेको थियो । पहिलो खेलमा नेपाल आइतबार उज्वेकिस्तानसँग ५–१ ले पराजित भएको थियो । नेपालले समूह चरणको अन्तिम खेलमा मंगलबार अफगानिस्ताानको सामना गर्नेछ ।