काठमाडौं, चैत ३० । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरू भारतीय दुतावासमा पुगेपछि नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियु अध्यक्ष सुदेश पराजुलीले विरोध जनाउनु भएको छ ।
स्वदेश फर्कन लागेका भारतीय राजदूत विनयमोहन क्वात्राको बिदाइ भोजमा सहभागी हुन प्रधानमन्त्री देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरू मंगलबार साँझ लैनचोर पुग्नुभएको थियो ।
सत्ता गठबन्धनकै घटक समाजवादी निकट अनेरास्ववियुका अध्यक्ष पराजुलीले फेसबुकमा भन्नुभएको छ, ‘सामान्य कर्मचारी बिदाइमा दुतावास गएर रात्रिभोजमा सरिक हुने कुरा कुटनीतिक मर्यादाविपरीत छ ।’ यस्ता क्रियाकलापबारे नेता, नेतृत्व सदैब आलोचना गर्नुपर्ने उहाँले बताउनु भएको छ।
‘मर्यादाविपरीत भोजले नेताहरू स्वयंको भोक मेटाउँदैन । हाम्रो स्वाभिमान र निष्ठामा केवल चोट मात्रै पु¥याउँछ,’ पराजुलीले लेख्नुभएको छ ।












प्रतिक्रिया दिनुहोस्