जनता टाइम्स

५ बैशाख २०७९, सोमबार ०८:४९

कांग्रेस माओवादीका यी चर्चित नेता भित्र्याउन सोलु आउँदै ओली


सोलुखुम्बु, बैशाख ५ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज सोलुखुम्बु आउँदै हुनुहुन्छ । सोलुखुम्बुको सल्लेरीमा आयोजित पार्टी प्रवेश तथा चुनावी सभालाई सम्बोधन गर्न ओली एमालेका शीर्ष नेतासहित सोलु आउन लाग्नुभएको हो ।

त्यहाँ योहो टेलिभिजनका कार्यकारी अध्यक्षसमेत रहेका कांग्रेस महासमिति सदस्य काजी शेर्पासहित कांग्रेस र माओवादीका नेता कार्यकर्ता एमाले प्रवेश गर्ने कार्यक्रम रहेको एमाले नेताहरुले बताएका छन । शेर्पा कांग्रेसबाट सोलु दुधकुण्ड नगरपालिकाका मेयरका दाबेदार हुनुहुन्छ ।

ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, संगठन विभाग खगराज अधिकारी, प्रदेश १ का पूर्वमुख्यमन्त्री शेरधन राईलगायतको टोली सोलुखुम्बु जाने एमालेले जनाएको छ ।