पोखरा, बैशाख १५ । नेपाली कांग्रेसका कार्यकर्ताहरुले गठबन्धनको बिरोध गर्दै घोषणापत्र सार्वजनिक कार्यक्रम बिथोलेका छन । सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले मेयर पाएको पोखरा महानगरपालिकामा नेपाली कांग्रेसका कार्यकर्ताको असन्तुष्टि कायमै रहँदा अज गठबन्धन चाहिन्न भन्दै कार्यकर्ताले कार्यक्रममै अवरोध गरेका हुन ।
पोखरामा गठबन्धनले बिहीबार दिउँसो स्थानीय निर्वाचनका लागि पोखरा महानगरको घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम राखेको थियो । तर, कार्यक्रमस्थलबाहिर कांग्रेस कार्यकर्ताले होहल्ला र नाराबाजी गरेका छन् ।
मेयर नेकपा एसलाई दिएकोमा रुष्ट रहेका कार्यकर्ताले वडा तहमा पनि कांग्रेसले जित्ने ठाउँ बाँडफाँट गर्न लागेको भन्दै विरोध गरेका छन् । उनीहरुले वडामा गठबन्धन नगर्न दबाब दिएका छन् । ‘गठबन्धन चाहिँदैन, रुख बेच्न पाइँदैन’ भन्ने नारा लगाउँदै कार्यकर्ताले घोषणापत्र सार्वजनिक गर्ने स्थलमा नाराबाजी गरेका छन् ।
यसअघि जिल्ला नेताहरुलाई थुनेर कार्यकर्ताले वडामा एक्ला एक्लै लड्ने घोषणा जिल्ला सभापति किशोरदत्त बरालबाट गराएका थिए । तर, गठबन्धन दलका माओवादी,नेकपा एस लगायतले वडामा पनि गठबन्धन हुनुपर्ने दबाब दिएपछि कांग्रेस कार्यकर्ता आक्रोशित बनेका हुन ।













प्रतिक्रिया दिनुहोस्