जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १४:३४

विचरा नेविसंघ ! पानीमा भिज्दै सरकारको विरोध


काठमाडौं, असार २७

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले आज पानीमा भिज्दै सरकारको विरोध प्रदर्शन गरेको छ । केही समययता सरकारविरुद्ध प्रदर्शनमा उत्रिएको नेपाली कांग्रेसले आज आफ्नो भातृ संगठनले पनि प्रदर्शन गरेको छ ।

मन्त्रिपरिषदले भारतबाट आयात हुने तरकारी र फलफूलमा विषादी परीक्षण नगरी नेपाल भित्रन दिने निर्णय गरेपछि नेविसंघ आन्दोलनमा उत्रिएको हो । यसअघि तरकारी जुलुस, मसाल जुलुसजस्ता कार्यक्रम गरिसकेको नेविसंघले आज माइतीघर मण्डलमा प्रदर्शन गरेको हो ।

यता सरकारले आजैदेखि कालिमाटिदेखि भन्सार नाकासम्म तरकारी परीक्षण सुरु गरिसकेको छ ।