जनता टाइम्स

२७ असार २०७६, शुक्रबार १५:०२

टेकू पुलमुनी फस्याे कांग्रेस महामन्त्री काेइराला सवार गाडी : बागमति करिडाेरमा यात्रा नगर्न प्रहरीकाे सुझाव


काठमाडौं, असार २७

नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला चढेको गाडी टेकुको बागमती सडक कोरिडोरमा फसेको छ । अविरल वर्षासँगै टेकु पुलमूनि संकलन भएको पानीमा आज कोइराला चढेको गाडी फसेको हो । त्रिपुरेश्वरतर्फबाट पार्टी केन्द्रीय कार्यालय सानेपा जानुभएका कोइराला गाडी रोकिएपछि नजिकैको चिया पसलमा केहीबेर बिताउनुभएको थियो ।

उहाँ आजदेखि सुरू हुने केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय जान लाग्नुभएको थियो । वर्षाले काठमाडौं उपत्यकाभित्र सवारी आवागमनमा खासै समस्या नरहे पनि बागमती नदी करिडोरमा भने समस्या देखिएको ट्राफिक प्रहरी प्रवक्ता एसपी रवीकुमार पौडेलले बताउनुभयो ।