जनता टाइम्स

२८ असार २०७६, शनिबार ०८:३६

भब्सी नदीको पुल मध्यभागमै भत्किएपछि


जनकपुरधाम, असार २८

लगातारको भारी वर्षाले महोत्तरीको बर्दिबासस्थित भब्सी नदीको पुल भत्किएको छ । गएरातिदेखी पुल भत्किएपछि पूर्वपश्चिम राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनेको छ । यात्रुहरु जोखिम मोलेर खोला तरिरहेका छन् ।

पुलको मध्यमाग पूर्णरुपमा भत्किएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो । अहिले सडकको दायाबाँया ठूलो संख्यामा सवारी साधन रोकिएका छन्। पुल भत्किएपछि सयौँ यात्रु अलपत्र परेका छन्। भत्किएको पुल हेर्न सर्वसाधारणको घुइँचो लागेको छ। जिल्लामा चार दिनदेखि भइरहेको वर्षा अझै रोकिएको छैन।