जनता टाइम्स

२८ असार २०७६, शनिबार ०९:११

बाढी र पहिरो अपटेड : २१ जनाको मृत्यु, १० जना बेपत्ता


काठमाडौं, असार २८

अविरल वर्षापछिको बाढी र पहिरोमा परी प्रदेश १, २ र ३ का विभिन्न जिल्लामा गरी २१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयले आज विहान जारी गरेको प्रेस विज्ञप्ती अनुसार काठमाडौं र खोटाङमा तीन–तीन जना तथा भोजपुर, काभ्रे र ललितपुरमा दुई–दुई जनाको मृत्यु भएको छ ।

इलाम, ओखलढुंगा, पर्सा, झापा, सिन्धुली, रामेछाप, मकवानपुर, बारा, र धादिङमा एक–एकजनाको मृत्यु भएको हो । प्रहरीका अनुसार अहिलेसम्म १० जना बेपत्ता भएका छन् । सुनसरीमा दुई जना बेपत्ता भएका छन् ।

यस्तै पाँचथर, झापा, मोरङ, रौतहट, महोत्तरी, मकवानपुर, धादिङ र काठमाडौंबाट एक–एक जना बेपत्ता भएका छन् । यस्तै गरी बाढी र पहिरोमा परि १० जना घाइते भएका छन् भने ५० जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।