जनता टाइम्स

२८ असार २०७६, शनिबार १७:५१

बस्तीमा पस्यो लालबकैया नदी, डुब्यो रौतहट सदरमुकाम गौर


अखिलेशकुमार यादव/गौर

लालबकैया नदी रौतहटको बस्तीमा पसेको छ । नदी बस्तीमा पसेपछि गौर नगरपालिकाको सबै भूभाग डुबानमा परेका छन् । नदी बस्तीमा पसेपछि अहिले झण्डै ७/८ फिट पानी जमेको छ ।

नदीको पानी बस्तीमा पसेपछि हजारौं मानिस विस्थापित भएका छन् । सुरक्षाकर्मी समेत बाहिर निस्कन नसक्ने अवस्था बनेपछि उद्धारमा कठिनाई भएको छ । प्रहरीका अनुसार ९० प्रतिशत भूभाग डुबानमा परेको छ । लालबकैया र बागमतिको बाँध भत्किएर पानी गाउँ पसेको हो। नदीबस्तीमा पसेपछि स्थानीयबासिन्दा निकै त्रासमा रहेका छन् ।

गौरस्थित प्रहरी कार्यालय, भंसार कार्यालय तथा आसापासका सबै बस्ती डुबानमा परेका छन् । अधिकांश मानिहरु छतमा बसेका छन्। पानी पर्न छाडेको छैन्। भारतीय सीमाक्षेत्रमा भारतले लगाएको बाँध टुटेपछि पानीले निकाश पाएकोले गर्दा अलिक राहत जस्तो महसुस भएको स्थानीयबासीको भनाई छ ।