रौतहट, असार २८
नदीमा पानीको बहाव बढेर बस्तीमा पसेपछि डुबेको रौतहटबासीमा राहतको समाचार आएको छ । भारतले एकपक्षिय रुपमा बर्षौ अघि बाधेको बाँधको ढोका खोलेपछि पानीको सतह केही कम हुन थालेको छ ।
नेपाली सुरक्षाकर्मीहरुले शुक्रबार नै बाँधको ढोका खोल्न आग्रह गरेपनि भारतीय पक्षले सुनुवाई नगर्दा रौतहट डुवानमा परेको थियो । शनिबार दिउँसो भारतीय गाँउ भकुरहर नजिकै बाँध फुटेर पानीले निकास पाएपछि गौरमा पानी सतह केही कम एको थियो । तर भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले भत्किएको बाँध तत्काल मर्मत गरेको छ ।
भत्किएको ठाउमा मर्मत गरेपनि बाँधको ढोका भने खोलेको छ । एसएसबीको क्याम्प नजिकैको बाँधको ढोका आंशिक रुपमा खोलिएको छ भने त्यसभन्दा पूर्व रहेको बाँधको ढोका पूर्णरुपमा खोलेर पानीलाई निकास दिइएको छ ।
प्रतिक्रिया दिनुहोस्