जनता टाइम्स

५ जेष्ठ २०७९, बिहीबार १६:३७

सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलको रेड कार्पेटमा वाक गर्ने पहिलो नेपाली कलाकार


काठमाडौं, ५ वैशाख । अभिनेत्री सुरक्षा पन्त कान्स फिल्म फेस्टिवलमा सहभागी हुनुभएको छ । पन्तले नेपालबाटै कान्स रेड कार्पेटमा वाक गर्ने पहिलो कलाकार समेत बन्नुभएको छ । नेपालका केही भागमा छायांकन गरिएको फ्रेन्च फिल्म ‘द एट माउन्टेन्स’ को प्रिमियरमा सहभागी हुन् उहाँ फ्रान्स पुग्नुभएको हो ।

यसअघि नेपालबाट कान्समा सहभागिता जनाइए पनि रेड कार्पेटमा वाक गर्ने मौका कसैले पाएका थिएनन् । रेड ड्रेसमा सजिएर कार्पेटमा वाक गर्दै उहाँले भन्नुभयो, ‘रातो कार्पेटमा हिड्नु वास्तविकमै अलौकिक क्षण बन्यो । फिल्म र कथाकारहरूको लागि उत्सवको सबैभन्दा ठूलो परिवेशको साक्षी हुने अवसर पाउनु मेरो जीवनभर मन पर्ने कुरा हो । झिलमिलाहट जस्तो लाग्छ ।’

उहाँले उक्त फिल्मका लागि गत वर्ष अडिसन दिनुभएको थियो । अडिसनमा छनोट भएर फिल्ममा अभिनयको मौका पाउनुभएको थियो । ‘द एट माउन्टेन्स’ फिल्मको केही अंश नेपालको मनाङमा छायांकन गरिएको थियो । उक्त चलचित्र कान्स फिल्म फेस्टिवलको मुख्य प्रतिस्पर्धाको लागि छनोटमा परेको थियो ।