जनता टाइम्स

२९ असार २०७६, आईतवार १०:३७

प्रधानमन्त्री ओलीलाई गगन थापाको साथ, सिमाका बाँधका समस्या बारे कुटनीतिक पहल लिन आग्रह


काठमाडौं, असार २९

लगातारको वर्षासँगै आएको बाढी र पहिरोले देश अहिले शोकमा डुबेको छ । यो समाचार तयार पार्दासम्म सरकारी तथ्यांक अनुसार ४३ जनाको मृत्यु भईसकेको छ भने २४ जना बेपत्ता भईसकेका छन् ।

राजधानीमै ८ जनाको मृत्यु भएको छ । विशेषगरी तराईका जिल्लाहरु डुबानमा परेका छन् । भारतीय पक्षले विगतमा बनाएका एकपक्षिय बाँधले गर्दा वर्षेनी नेपालको क्षेत्र डुबानमा पर्ने गरेको छ । यसै सन्र्दभमा नेपाली कांग्रेसका नेता गगन थापाले सीमापारीका बाँधले पीडा दिएको बताउनु भएको छ । उहाले सामाजिक सञ्जालबाट प्रधानमन्त्रीको नाममा मेन्सन गर्दै यस्तो गम्भिर विषयमा कुटनीतिक पहल गर्न आग्रह गर्नुभएको छ । उहाले राष्ट्रिय हितको प्रतिबद्धताका साथ कूटनैनिक पहल लिन आग्रह गर्दै हामी सबैको साथ हुने उल्लेख गर्नुभएको छ ।

‘यस्तो मौषममा प्रत्येक पटक सीमापारीका बाँधले पीडा दिन्छ । केही दिन यो चासोको विषय बन्छ अनि सामसुम हुन्छ । यस पटक यस्तो हुन नदिउ यो गम्भीर विषयमा तपाईँको कुटनीतिक पहलकदमी आवश्यक छ । राष्ट्रिय हितको प्रतिबद्धताका साथ कूटनैतिक पहल लिनुहोस् । हामी सबैको साथ हुनेछ’, टिव्टरबाट थापाले भन्नुभएको छ ।