जनता टाइम्स

२९ असार २०७६, आईतवार १७:४२

मन्त्रिपरिषद निर्णय : बाढी–पहिरो पीडितलाई तत्काल राहत, पुल भत्किएको ठाउँमा बेलिब्रिज निर्माण


काठमाडौं, असार २९

सरकारले बाढी, पहिरो र डुबानबाट पीडित भएका नागरिकहरुलाई तत्काल राहत उपलब्ध गराउने भएको छ । आज बसेको मन्त्रिपरिषद्को आकास्मिक बैठकले पीडित नागरिकलाई राहत तत्काल उपलब्ध गराउने निर्णय गरेको हो ।

उद्दार कार्यमा तदारुकताका साथ लाग्न पनि सबैलाई निर्देशन दिने निर्णय पनि गरेको छ । त्यस्तै मन्त्रिपरिषदले अवरुद्ध राजमार्ग खुलाउने सबै निकाय परिचालन गर्ने निर्णय पनि गरेको छ ।

यसैगरी पुल भत्केर तत्काल बनाउन नसकिने स्थानमा बेलिब्रिज बनाउने निर्णय गरेको छ । पीडितका लागि राहत कोषबाट रकम अपुग भए सरकारले रकम थप गर्ने निर्णय समेत गरेको छ ।