जनता टाइम्स

३० असार २०७६, सोमबार १४:४१

गृहजिल्ला खोटाङ लगियो प्रहरी जवान संजिव राईको शव, आजै दाहसंस्कार


सुनसरी, असार ३० । विप्लव नेतृत्वको नेकपा कार्यकर्ताहरुको मुठभेडमा भोजपुरमा मारिएका प्रहरी जवान संजिव राईको शव गृह जिल्ला खोटाङ लगिएको छ। नेपाली सेनाको हेलिकप्टरबाट उहाँको शव आज १२ ः ३० बजे धरानबाट खोटाङ लगिएको हो।

असार २५ गते भोजपुर सदरमुकामस्थित हटियाको पाँचधारे होटलमा विप्लव कार्यकर्तासँगको मुठभेडमा जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी जवान संजिव राई र विप्लव नेकपाका ओखलढुङगा इन्चार्ज निरकुमार राईको मृत्यु भएको थियो।
सन्जिवको शव पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको थियो। ६ दिनसम्म पनि संजिवको शव परिवारलाई जिम्मा नलगाउँदा चर्काे आलोचना भइपछि आज लगिएको हो । संजिवको शवसँगै उनकी श्रीमती नमुना, छोराहरु जोयल र जोहन तथा भाई खडिन्द्र राई पनि शव लिएर खोटाङजानुभएको छ । राईको आजै किराँत धर्म अनुसार दाहसंस्कार गरिने परिवारलले जनाएको छ ।