जनता टाइम्स

३१ असार २०७६, मंगलवार ०८:३६

गुन्डा नाइके निमा कोटेश्वरबाट पक्राउ


काठमाडौं, असार ३१

व्यापारीहरुलाई धम्की दिदै रकम असुलेको आरोपमा गुन्डा नाइके निमा भन्ने राजेन्द्र लामा काठमाडौबाट पक्राउ परेका छन् । लामालाई मंगलबार विहानै कोटेश्वरबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले जानकारी दिनुभयो ।

काभ्रेको साविक भिमखोरीका स्थायी बासिन्दा लामाले काठमाडौंका व्यापारी लगायत पत्रकारलाई समेत धम्की दिदै आएका थिए । उनले कोटेश्वर क्षेत्रका व्यापारीहरुबाट मासिक रुपमा रकम उठाउने र नदिए मार्ने धम्कीसमेत दिने गरेको प्रहरीमा परेको उजुरीमा उल्लेख छ । प्रहरी पक्राउ र उनको अपराधका बारेमा पत्रकार सम्मेलन गरेर जानकारी दिने बताएको छ ।