जनता टाइम्स

१८ जेष्ठ २०७९, बुधबार १४:४१

प्रथम मिस तमुस्यो लमजुङ २०२२ बनिन् सुष्मा गुरुङ


लमजुङ, जेठ १८ । प्रथम मिस तमुस्यो लमजुङ २०२२ को उपाधि सुष्मा गुरुङले जित्नुभएको छ । दोर्दी गाउँपालिका ९ हिलेटक्सार घर भइ हाल बेसीसहर बस्दै आएकी गुरुङ बेसीसहरमा आयोजित मिस तमुस्यो लमजुङ २०२२ को ग्राण्ड फिनालेमा प्रतियोगिताका ८ जनालाई पछि पार्दै पहिलो मिस तमुस्यो लमजुङ बन्न सफल हुनुभएको हो ।

वविता क्लिप्स् इन्टरटेनमेन्ट प्राइभेट लिमिटेड बेसीसहर र पाचोक नौथर तमु समाज काठमाडौंले आयोजना गरेको प्रतियोगिताका विजयीलाई २०१८ को अन्तराष्ट्रिय मिस तमुस्यो नेपालका विजेता एवं आयोजक संस्थाका अध्यक्ष वविता गुरुङ, मिसेस लमजुङ २०१७ का विजेता शोभा ठकुरी लगायतले ताज पहिरिनु भएको थियो । प्रतियोगितामा फस्ट रनरअप गृष्णमा गुरुङ र सेकेण्ड रनरअप निरुता गुरुङ हुनुभएको छ । उनीहरूलाई क्रमशः ताज र प्रमाणपत्र वितरण गरिनुका साथै विभिन्न गिफ्टह्याम्पर प्रदान गरिएको थियो ।

विजयी सुष्माले वेष्ट डिसिप्लिङको अवार्ड समेत जित्नुभएको छ । वेस्ट फिगर र वेस्ट फोटोजेनिकको अवार्ड विपना गुरुङ, वेस्ट वाकको अवार्ड ज्योति गुरुङ, वेस्ट पर्सनालिटीको अवार्ड इन्दु गुरुङ, वेस्ट स्माइल र मोष्ट ट्यालेन्टको अवार्ड सुमित्रा गुरुङले जित्नुभएको छ ।

यस्तै कार्यक्रममा आयोजक विजेता बनेकी माया गुरुङले वेस्ट हेयर, निरुता गुरुङले वेस्ट ल्याङ्ग्वेज, गृष्मा गुरुङले मस्ट पपुलरको उपाधि पाउनु भएको छ । प्रतियोगिताको निर्णायकमा गुरुङ फिल्मका निर्देशक तथा नायक प्रितम गुरुङ, नायिका खुशी गुरुङ र गीतकार आश गुरुङ रहनुभएको थियो । यस्ता कार्यक्रमले गुरुङ संस्कार र सस्कृतिको संरक्षणमा टेवा पुग्ने गुरुङ अगुवाहरु बताउँछन् ।