जनता टाइम्स

३१ असार २०७६, मंगलवार ०९:२७

सरकारसँग औपचारिक बार्तामा बस्यो बिप्लव समुह : सकारात्मक परिणाम निकाल्ने गृहकार्य जारी


काठमाडौं, असार ३१ । पार्टीमाथि प्रतिबन्ध लगाइएको चार महिनापछि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका शीर्ष नेता र सरकारी टोलीबीच पहिलोपटक औपचारिक छलफल भएको छ । सरकारले गत २८ फागुनमा विप्लव नेतृत्वको पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । यसैबीच दुई पक्षबीच औपचारिक छलफल हुन सकेको थिएन ।

गत आइतबार भक्तपुरको एक होटेलमा भएको छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको हो । सरकारी टोलीको प्रतिनिधित्व तत्कालीन वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेले गर्नुभएको थियो भने विप्लवका स्थायी समिति सदस्यस्तरका नेता सहभागी थिए । ‘यो प्रारम्भिक चरणकै छलफल हो, त्यसैले धेरै कुरा भन्न मिल्दैन । तर, छलफलले वार्ताका लागि सकारात्मक वातावरण बनाएको छ,’ संयोजक पाण्डेले भन्नुभयो ।