जनता टाइम्स

३१ असार २०७६, मंगलवार १२:२३

माइखोला तर्ने क्रममा बेपत्ता ३ छात्रा अझै भेटिएनन्


इलाम, असार ३१

विद्यालयबाट फर्किने क्रममा इलामको माईखोलाले बगाएका तीन छात्रा अझै भेटिएका छैनन् । गत शनिबार बिहानदेखि बेपत्ता माई नगरपालिका–१ जुवालेका तीन जना छात्रा अझै नभेटिएको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामका अनुसार विशेषज्ञसहित खटिएको २६ जनाको टोलीले खोजी कार्य जारी राखेपनि पत्ता लाग्न नसकेको बताएको छ । माई नगरपालिका–१ का पदमबहादुर लिम्बुकी छोरी १५ वर्षीया आकृति, टेकबहादुर सुनुवारकी छोरी १४ वर्षीया निशा र नरबहादुर साउदेन लिम्बुकी छोरी १२ वर्षीया छोरी सुनितालाई खोलाले बगाएको थियो । माई नगरपालिका–६ गोतामेटारको भगवती माध्यमिक विधालयबाट परीक्षा दिएर बर्खे बिदामा घर फर्केका थिए ।

उनीहरुसँगै खोला तरेका अन्य तीन जना छात्रहरु भने पौडिएर निस्किएका थिए । बेपत्ता छात्राहरुको माई नगरपालिका–१ को चण्डालघाटबाट खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरी बल इलामका डिएसपी हरि थापाले जानकारी दिनुभयो ।