काठमाडौं, २२ जेठ । सुपरहिट दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा फिल्म ‘ह्रस्व दीर्घ’मा अनुबन्धित हुनुभएको छ । नीता ढुंगानाले निर्माण गर्ने उक्त चलचित्रमा अनुवन्धित हुने उहाँ हाइ प्रोफाइल अभिनेता हो । ढुंगानाले दक्षिण भारतीय चलचित्र पुष्पाबाट खलनायकको रुपमा चर्चामा आउनुभएको कलाकार सुनिल वर्मा व्यस्ताका बाबजुद पनि समय मिलाई दिएकोमा आभार प्रकट गर्नुभएको छ ।
ह्रस्व दीर्घमा कलाकारको रुपमा वर्मालाई स्वागत पाउँदा उत्साही भएको बताउनुभयो । नीता र ज्योतिष हरिहर अधिकारीले चलचित्र ‘ह्रस्व दीर्घ’ बनाउन लाग्नुभएको हो । ८० दिनको कार्य तालिका बनाउँदै साउनबाट छायांकनमा जाने तयारी निर्माण पक्षको छ । फिल्ममा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको पनि मुख्य भूमिका रहनेछ ।
प्रतिक्रिया दिनुहोस्